२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

प्रभु बैंकका ग्राहकलाई मेडिकल साइन्सको सेवामा छुट

Nada
२०८१ असोज १३ गते २१:२८
Shares
प्रभु बैंकका ग्राहकलाई मेडिकल साइन्सको सेवामा छुट

चितवन : भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्सले प्रदान गर्ने सेवामा प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सका तर्फबाट सहायक निर्देशक डा.मनोहर प्रधानले सो विषयमा समझौता गरेका हुन् ।

ncell

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत विशेष छुट पाउने भएका छन् । सिओएमएस मा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।

बैंकका ग्राहक तथा कर्मचारीहरुले कलेज अफ मेडिकल साइन्सको सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणाली द्वारा बिल भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । साथै, सो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

ताजा खबर

सम्बन्धित खबर