२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

अवरुद्ध राजमार्ग सञ्चालनमा जुट्न महासंघको आग्रह

ADV
मध्यान्ह
२०८१ असोज १३ गते २१:३०
अवरुद्ध राजमार्ग सञ्चालनमा जुट्न महासंघको आग्रह

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले बाढी पहिरोबाट अवरुद्ध भएका देशभरका राजमार्ग तथा सडक सञ्चालनमा सहयोग गर्न आफ्ना सदस्य व्यवसायीहरुलाई आग्रह गरेको छ । महासंघका महासचिव रोशन दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आ–आफ्ना यन्त्र, उपकरणसहित उद्धार कार्यमा जुट्न सदस्यहरुलाई आग्रह गरेका छन् ।

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुनसमेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ । साथै बाढी पहिरोको चपेटामा परेको देशभरका निर्माण व्यवसायीहरुलाई क्षतिको विवरण महासंघ सचिवालयमा उपलब्ध गराउन विज्ञप्तिमार्फत अपील गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise