२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

Nada
२०८१ असोज १३ गते २१:३२
Shares
नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ताहरुलाई सम्मान

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट योग्य भएका २२५ जना भन्दा बढी अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले गण्डकी प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण गरेका थिए । सो प्रदेशबाट आफ्नो कोडमा र संजालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा सीईओ खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

साथै उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभर बाट दुई हजार जना भन्दा बढी अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर