२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

नेपाल टेलिकमले ल्यायो दशैं लक्षित अफर

ADV
मध्यान्ह
२०८१ असोज १३ गते २१:३३
नेपाल टेलिकमले ल्यायो दशैं लक्षित अफर

काठमाडौं : नेपाल टेलिकमले दशैं, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैं अफर २०८१’ सार्वजनिक गरेको छ  । टेलिकमले भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु आइतबारदेखि कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् ।

टेलिकमका अनुसार साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा र कम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्यान्डवीथ कायम गरिएको छ ।

सो अफर समयावधिभित्र नयाँ सेवा जडान गर्ने, प्याकेज नवीकरण गर्ने सबैका लागि कायम रहनुका साथै एफटीटीएच नयाँ जडानमा पाँच सय रुपैयाँ मिनाहा गरिएको टेलिकमले जनाएको छ । दशैं अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि सात सय ९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र पाँच सय अल नेट एसएमएस सुविधासहितको सात सय ९९ सजिलो अनलिमिटेड प्याकेज रहेको छ ।

साथै दुई सय ५० रुपैयाँमा मा एक हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको टेलिकमले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise