काठमाडौं : त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले आज टेष्ट राष्ट्र जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र जिम्बाबेबीचको खेल सिंगापुरको इन्डियन एसोसियसनको मैदानमा साँझ सवा पाँच बजे शुरु हुनेछ ।
पहिलो खेलमा जिम्बाबेलाई हराएर सुखद शुरुवात गर्ने प्रयत्नमा नेपाल हुनेछ । तर टेष्ट राष्ट्र जिम्बावेलाई हराउन त्यति सहज भने छैन । जिम्बावे सिंगापुरमा भने सिरिज जित्ने योजना सहित मैदान उत्र्रदै छ । नेपाली टिममा यस पटक अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र बसन्त रेग्मी टिम बाहिर रहेका छन् ।
नेपाल र जिम्बाबेबीच टी-२० क्रिकेटमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies