२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

ज्योतिका ग्राहकलाई काठमाडौंका चार रेष्टुरेन्टमा छुट

ADV
मध्यान्ह
२०८१ असोज १४ गते २१:४१
ज्योतिका ग्राहकलाई काठमाडौंका चार रेष्टुरेन्टमा छुट

काठमाडौं : ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंस्थित चारवटा विभिन्न रेस्टुरेन्टहरुले विशेष छुट दिने भएका छन् । बैंक र रेष्टुरेन्टहरुबीच भएको छुट्टाछुट्टै सम्झौताअनुसार बैंकका ग्राहकले ती रेष्टुरेन्टहरुले दिने खाना लगायतका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गको महोत्सव रेष्टुरेन्ट एन्ड बार, हात्तीसारको नेपाल हाउस रेष्टुरेन्ट एन्ड बार र कमलादीको क्याफे लायन हर्ट तन्दुरी किचेनसँग छुट सम्बन्धी सम्झौता गरेको हो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै बैंकका ग्राहकहरुले एक वर्षको अवधिसम्म यी रेष्टुरेन्टहरुमा स्वादिष्ट परिकारहरुको साथ छुटको लाभ पाउनेछन् । ज्योति विकास बैंकले ग्राहकहरुको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरुसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरुलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएम मार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise