२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

ADV
मध्यान्ह
२०८१ असोज १४ गते २१:४२
नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौं : नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीसीसी)को अध्यक्षमा डंगोललाई नियुक्त गरेको हो ।

असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभाग कार्यकारी निर्देशक बिनोदराज आचार्यबाट शपथ ग्रहण गरेकी छन् । शपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष डंगोलले खुशी व्यक्त गर्दै, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासहरुबाट आफू प्रेरित भएको बताइन् ।  

उक्त कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलको समेत उपस्थिति रहेको थियो । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोगमार्फत् सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise