२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

किशनलाल दुगड ‘जैन समाज रत्न’ सम्मानबाट सम्मानित

ADV
मध्यान्ह
२०८१ असोज १४ गते २१:४५
किशनलाल दुगड ‘जैन समाज रत्न’ सम्मानबाट सम्मानित

काठमाडौं : केएल दुगड समूहका अध्यक्ष तथा समाजसेवी किशनलाल दुगडलाई भारत जैन महामण्डलले भारतको मुम्बईमा २२ सेप्टेम्बर २०२४ का दिन एक कार्यक्रमकाबीच ‘जैन समाज रत्न’ पुरस्कारबाट सम्मानित गरेको छ ।

यो सम्मान भारतको लोकसभाका सम्माननीय सभामुख ओम बिरलाले प्रदान गरेका थिए । यस किसिमको सम्मान प्राप्त गर्ने दुगड पहिलो र एक मात्र नेपाली व्यक्तित्व हुन् । 

कार्यक्रममा सभामुख, प्रधानन्यायाधीश लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । जैन समाज रत्न पुरस्कार समाजको उत्थान, विशेष गरी जैन समुदाय भित्र सामाजिक सेवाको क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरुलाई दिइन्छ । सन् १८९९ मा स्थापना भएको भारत जैन महामण्डलले जैन समुदायलाई सामाजिक सेवाका लागि एकजुट गर्ने लक्ष्य राख्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise