२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’को शुरुवात

ADV
मध्यान्ह
२०८१ असोज १४ गते २१:४७
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’को शुरुवात

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । बैंकले प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको हो । कानुनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बागमती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गर्ने जनाएको छ । सो कर्र्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने बैंकले जनाएको छ ।

आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने सो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने र आवश्यकता अनुसार घर/जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise