२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री शुरु

Nada
२०८१ जेठ ३२ गते १९:१३
Shares
मेड इन नेपाल हुन्डाई भेन्युको बिक्री शुरु

काठमाडौं : नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्री वितरण शुरु गरेको छ । 

ncell

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्सलगायतका गुणहरु हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरहकै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । 

प्रथम चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र हुन्डाई ग्राण्ड १० एनआईओएसका साथै न्यु हुन्डाई क्रेटाको उत्पादन पनि शुरु गर्ने कम्पनीले जनाएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर