२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा

ADV
मध्यान्ह
२०८१ असोज १५ गते १२:२५
दुई दर्जन निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले २ दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो ।

विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (९) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

यूएईको निर्माण कम्पनी एमएस एसटीके ग्लोबललाई ३ वर्ष, स्काई बिल्डर्स, वाइबा एन्ड लामा, जानकी निर्माणसेवालाई सडक विभागको सिफारिसमा साढे २ वर्ष कालोसूचीमा राखिएको कार्यालयले सूचनामा उल्लेख गरेको छ ।

सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय विराटनगरको सिफारिसमा स्काइ वाइबा एण्ड जानकी जेभी कालोसूचीमा परेको छ । स्काइ बिल्डर्स, वाइबा एण्ड लामा र जानकी निर्माण सेवाले संयुक्तरूपमा लिएको ठेक्कामा सम्झौताअनुसार काम नगरेको भन्दै २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

यस्तै अर्को दुई वटा ठेक्कामा उक्त कार्यालयकै सिफारिसमा स्काइ/वाइबा एण्ड लामा/जानकी जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
सडक डिभिजन शिवपुर कपिलवस्तुको सिफारिसमा दुइटा ठेक्काका लागि सिद्धार्थनगरको मर्चवार कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ ।

नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवको आयोजना सिनामंगलको सिफारिसमा भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र बस्नेत निर्माण सेवाले ज्वाइन्ट भेञ्चर कार्बाहीमा परेको छ । दुई कम्पनीको ज्वाइन्ट भेञ्चरले लिएको ठेक्कामा सम्झौताअनुसार काम नगर्दा दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

यस्तै चितवनको कालिका नगरपालिकाको सिफारिसमा चितवन रत्ननगरको सेक्टर कन्सल्टेन्ट एण्ड डेभलपर्स १ वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको छ ।

हेर्नुहोस् को-को परे कालोसूचीमा :

ADVADV

सम्बन्धित खबर

Advertise