२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ग्लोबल आइएमईका ग्राहकलाई होटेल आइकावामा छुट

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते २१:११
ग्लोबल आइएमईका ग्राहकलाई होटेल आइकावामा छुट

काठमाडौं : ग्लोबल आइएमई बैंकका ग्राहकहरुले होटेल आइकावा इनमा छुट मूल्यमा सेवा प्राप्त गर्ने भएका छन् । बैंक र होटेलबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इनका विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएसँगै सो छुट प्राप्त गर्ने भएका हुन् ।

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इनका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise