२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

११४ अंकले बढ्यो शेयर बजार

ADV
मध्यान्ह
२०८१ असोज १५ गते १५:२९
११४ अंकले बढ्यो शेयर बजार

काठमाडौं : मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा ४.५७ प्रतिशतले बजार बढेसँगै लगानीकर्ताले ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको शेयर किनबेच गरेका छन् । 

२४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे ।

कारोबारतर्फ आज एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ५१ लाख, नेपाल फाइनान्सको २० करोड ७२ लाख, सीईडीबी हाइड्रोको १९ करोड ७२ लाख लाख र अपि पावरको १८ करोड १० लाखको शेयर किनबेच भएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise