२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

ADV
मध्यान्ह
२०८१ असोज १५ गते १७:०६
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले आज उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बैंकप्रति धन्यवाद दिँदै बाढी, पहिरो र डुबानले जनता अप्ठ्यारोमा परेका बेला यस प्रकारका सहयोग र ऐक्यबद्धताले राहत मिल्ने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको अवगत गराए । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रूपमा एक अर्ब जम्मा गर्ने निर्णय गरेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise