२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

ADV
मध्यान्ह
२०८१ असोज १५ गते १७:३९
नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र इटालियन महावाणिज्यदूतबीच छलफल

काठमाडौं : नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड एन्डस्ट्री (एनआईसीसीआई)ले कोलकाताका लागि इटालीका महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टासँग द्विपक्षीय वार्ता गरेको छ ।

बैठकमा एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ महावाणिज्यदूत प्रतिमा पाण्डे पनि उपस्थित थिए ।

बैठकमा नेपाल र इटालीबीच विशेष गरी उत्पादन, कृषि, पर्यटन र प्रविधि जस्ता क्षेत्रमा व्यापार वृद्धिको लागि जोड दिइएको थियो ।

एनआईसीसीआई बोर्ड र महावाणिज्यदूतले आगामी व्यापार मेलाहरू र व्यावसायिक भेटघाटहरूको योजना पनि छलफल भएको थियो ।

दुवै पक्षले नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउन र व्यापारिक वृद्धि प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise