२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

अविरल वर्षाले कृषिमा ५ अर्ब ८३ करोडको क्षति

ADV
मध्यान्ह
२०८१ असोज १५ गते १७:४६
अविरल वर्षाले कृषिमा ५ अर्ब ८३ करोडको क्षति

काठमाडौ : देशका अधिकांश स्थानमा परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण  बाली, पशुपन्छी क्षेत्रमा ५ अर्ब ८३ करोड बरारारको क्षति भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालय मंगलबार जारी गरेको क्षति बिवरणमा ५८ हजार ४७६ हेक्टर धानवाली नष्ट हुदाँ ३ अर्ब ५० करोड बरावरको क्षति भएको जनाएको छ ।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रे कृषक धान क्षति भएको हो ।

यस्तै खोटाङमा १३ सय हेक्टर अलैँची नष्ट  हुदाँ ७० करोड रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयले जनाएको छ । पर्साको ८५ हेक्टर क्षेत्रफलको  ३४ करोड रुपैयाँ बराबरको उखु क्षति भएको छ ।

यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४ सय ५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छी मृत्यु भएको छ । कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहट जिल्लाको २२ हेक्टर फलफुल बगैचामा क्षति भएको छ ।

यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालिमा नष्ट भएको मन्त्रालयको तथ्यांक छ । कृषि मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको  क्षति भएको तथ्यांक छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise