२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते २१:१३
समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं : समृद्धि फाइनान्सले असार १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका निक्षेपतर्फका विभिन्न खातामा लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

फाइनान्सले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५, रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५ प्रतिशत, ६ महिना देखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत,९ महिना देखि १ वर्ष अवधिका लागि ७.७५ प्रतिशत, १ वर्ष देखि २ वर्ष अवधिका लागि ८ प्रतिशत र २ वर्ष देखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

त्यस्तै संस्थागततर्फ ६ महिना देखि ९ महिना अवधिका लागि ६.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ६.७५ प्रतिशत १ वर्ष देखि २ वर्ष अवधिका लागि ७ प्रतिशत, र २ वर्ष देखि माथिको अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको फाइनान्सले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise