२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

टिभिएसको ‘महा एक्सचेन्ज मेला’ शुरु

ADV
मध्यान्ह
२०८१ असोज १५ गते २१:४५
टिभिएसको ‘महा एक्सचेन्ज मेला’ शुरु

काठमाडौं : टिभिएस नेपालले ‘महाएक्सचेन्ज मेला’को शुरु गरेको  छ । दशैंको अवसरमा टिभिएस नेपालले ‘महा एक्सचेन्ज मेला’को शुरु गरेको हो । मेलामार्फत् ग्राहकले पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टिभिएसका सवारी साधन घर लैजाने अवसर प्राप्त गर्नेछन् । मेला असोज २० गतेसम्म काठमाडौंको भृकुटीमण्डप सञ्चालन हुने कम्पनले जनाएको छ । 

मेलामा ग्राहकहरुले आकर्षक अफरहरु, पुरस्कारहरुका साथै विशेष दशैं अफरहरुको फाइदा लिन सक्नेछन् । टिभिएस महा एक्सचेन्ज मेलामा ग्राहकहरुले बृहत् सुविधा र रोमाञ्चक अनुभवका साथै उत्कृष्ट मूल्यको मज्जा लिन पाउने कम्पनीले दाबी गरेको छ । मेलामा उपभोक्ताले कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ टिभिएसका सवारी साधन साटेर घर लैजाने मौका पाउने कम्पनीले जनाएको छ । दशैंलाई दृष्टिगत गर्दै टिभिएसले उपभोक्तालाई अझ बढी फाइदा दिलाउने सोचका साथ विशेष अफरहरुको समेत ल्याएको बताएको छ । 

पूर्व–खरिद अफरमा दशैंका अवसरमा कम्पनीले खरिद गर्नु अघि नै उपभोक्ताका लागि ५ लाखसम्मको छुट प्राप्त गर्ने अवसर प्रदान गर्ने, खरिद गर्दा १० लाखसम्मको छुट पाउने र साप्ताहिक क्यासब्याक अफर अन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । साथै, दीर्घकालीन विश्वास र ग्राहक सन्तुष्टि सुनिश्चितताका लागि टिभिएसको बाइक वा स्कुटरको खरिद गर्दा आजीवन वारेन्टी पनि रहेको टिभिएसले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise