२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

२६ अंकले घट्यो नेप्से परिसूचक, एक सय ८७ कम्पनीको शेयर मूल्यमा गिरावट

Nada
२०८१ असोज १६ गते १५:२८
Shares
२६ अंकले घट्यो नेप्से परिसूचक, एक सय ८७ कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौंः मंगलबार ११४.७० अंकले बढेको नेप्से परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट देखिएको छ । आज शेयर बजार २६ दशलमव ०७ अंकले घटेर दुई हजार पाँच सय ९७ को विन्दुमा कायम भएको छ । आज ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक ८७ कम्पनीको शेयर मूल्य घटेको छ । तीन कम्पनीको शेयर मूल्य स्थिर छ ।

ncell

समूहगत रुपमा आज फाइनान्सको मात्रै मूल्य बढेको छ । यस समूहको शेयर मूल्य १.७५ प्रतिशत बढेको हो । बैंकिङ समूह ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२ र व्यापार समूह १.१८ प्रतिशतले घटेको छ ।

यस्तै, आज कारोबार समयभरिमा तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता ८३ हजार ८१ पटक शेयर किनबेच हुँदा सात अर्ब ७७ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 


 

ताजा खबर

सम्बन्धित खबर