२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

निर्माण व्यवसायीले भुक्तानी हुन बाँकी रकम माग गर्दै अर्थमन्त्रीलाई बुझाए ज्ञापन पत्र 

ADV
मध्यान्ह
२०८१ असोज १६ गते १६:२८
निर्माण व्यवसायीले भुक्तानी हुन बाँकी रकम माग गर्दै अर्थमन्त्रीलाई बुझाए ज्ञापन पत्र 

काठमाडौँ : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार उपप्रधानमन्त्री एवं अर्थमन्त्री  विष्णुप्रसाद पौडेललाई ज्ञापन पत्र बुझाउँदै निर्माण व्यवसायीहरूको भुक्तानी हुन बाँकी रकम तत्काल उपलब्ध गराइदिन ध्यानाकर्षण गराएको छ । 

महासंघ प्रतिनिधिमण्डले हालैको बाढी पहिरोका कारण निर्माण उद्योगमा पुगेको क्षति सहित त्यसले पारेको असर बारे पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई अवगत गराएको छ । 

जवाफमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले  निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानी क्रमशः गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । साथै मन्त्री विष्णुप्रसाद पौडेलले मुलुकले प्राकृतिक विपत्तिको सामना गरिरहेको अहिलेको अवस्थामा सरकारले निर्माण व्यवसायीहरूबाट साथ सहयोगको अपेक्षा गरेको बताए । 

निर्माण व्यवसायीका समस्याहरूप्रति सरकारको ध्यान गएको भन्दै उनले वैकल्पिक स्रोतहरू प्रयोग गरेर भएपनि त्यस्ता समस्या समाधान गरिने बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise