काठमाडौं : टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटको लिग चरणमा नेपालले आज अन्तिम खेलमा आयोजक राष्ट्र सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साँझ नेपाली समयानुसार ५ बजेर १५ मिनेटमा नेपाल र सिंगापुरबीचको खेल हुनेछ ।
त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गर्नका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ । यदि आजको खेलमा नेपाल पराजित भएमा जिम्बाब्वे र सिंगापुर एक आपसमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा प्रवेश गर्ने छन् । त्यसकारण पनि आजको खेल कुनै पनि हालतमा जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।
यसअघि भएको दुवै खेलमा नेपाल जिम्बाब्वेसँग पराजित भएको छ । पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै, जिम्बाब्वेसँगकै अर्को खेलमा नेपाल ४० रनले पराजित भएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies