२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

वुलिङ विङगो ईभीले ल्यायो गाडी एक्सचेन्ज योजना

ADV
मध्यान्ह
२०८१ असोज १७ गते १५:३४
वुलिङ विङगो ईभीले ल्यायो गाडी एक्सचेन्ज योजना

काठमाडौं : वुलिङ बिङ्गो ईभीले दशैंको अवसरमा विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि गाडी एक्सचेन्ज योजना ल्याएको छ । यो योजना अक्टोबर १ गतेदेखि ६ सम्म लागू हुनेछ । जुनसुकै कम्पनीको गाडीमा पनि एक्सचेन्जको सुविधा भएको कम्पनीले जनाएको छ ।

वुलिङ बिङ्गो इभी २९.९९ लाख रुपैयाँमा उपलब्ध छ । विलिङ विङगो ईभीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर वारेन्टी ब्याट्रीमा दिइएको छ । त्यस्तै हाइ भोल्टेज कम्पोनेन्ट र मोटरमा ३ वर्ष वा १ लाख किलोमिटर वारेन्टी उपलब्ध गराइएको पारामाउन्ट मोटर्सले जनाएको छ ।

विङगो ईभीमा उपभोक्ताले ३ वर्षसम्म फ्री सर्भिस पाउने छन् । जीबीटी चार्जिङ सिस्टम रहेको विङगो ईभीले एक पटकको फुल चार्जमा ३ सय ३३ किलोमिटर रेन्ज दिनेछ । वुलिङ बिङ्गो ईभी अत्याधुनिक प्रविधिले सुसज्जित छ ।

पारामाउन्ट मोटर्स वुलिङ बिङ्गोको नेपालका लागि आधिकारिक बिक्रेता र आयातकर्ता हो । भाग्यशाली ग्राहकले फाइभ स्टार होटलमा डिनर गर्ने मौका पनि पाउने कम्पनीले जनाएको छ । थप जानकारीका लागि नक्सालमा रहेको वुलिङ बिङ्गा शोरुमा आउन कम्पनीले आग्रह गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise