२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

श्री एयरलाइन्सले भोलिबाट काठमाडौं–भरतपुर उडान भर्ने

Nada
२०८१ असोज १७ गते १८:३६
Shares
श्री एयरलाइन्सले भोलिबाट काठमाडौं–भरतपुर उडान भर्ने

चितवनः श्री एयरलाइन्सले भोलिदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ । ‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ’, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान शुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।’

ncell

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ । उनका अनुसार एकतर्फी भाडा चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर(काठमाडौं–भरतपुर रुटमा बुद्ध एयरले एटिआर–४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ । 

ताजा खबर

सम्बन्धित खबर