२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

हुन्डाई भेन्यूको नेपालमा बिक्री वितरण शुरू

ADV
मध्यान्ह
२०८१ असोज १७ गते २१:३८
हुन्डाई भेन्यूको नेपालमा बिक्री वितरण शुरू

काठमाडौं : हुन्डाईको नयाँ गाडी हुन्डाई भेन्यूको नेपालमा बिक्री वितरण सुरू भएको छ  । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेशनले नेपालमा हुन्डाई भेन्यूको उत्पादन गरेको हो ।

नेपालमा व्यावसायिक उत्पादन गरिएको हुन्डाई भेन्यू गाडीमा नयाँ योजना ल्याइएको छ । नयाँ योजना अनुसार हुन्डाई भेन्यू खरीद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै, १० वर्षसम्म निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । लक्ष्मी ग्रुपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो । कर्पोरेशनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यूको उत्पादन थालेको हो ।

नेपालमा उत्पादन हुने गाडी कोरिया र भारतमा उत्पादित मोडल सरहकै हुने कम्पनीले जनाएको छ । हाल हुन्डाई भेन्यू १.२ (एस)को मूल्य ४४ लाख ९६ हजार तोकिएको छ । त्यस्तै, हुन्डाई भेन्यू १.२ (एसएक्स)को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise