काठमाडौं : पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्ससँग एक सय ३३ रनको लक्ष्य पाएको छ । ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३४ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछानेले पहिलो सफलता दिलाए । टिमको दोस्रो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै टोबीस भासीलाई आउट गरे ।
त्यसपछि डच टिमको स्कोर ५० रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । नेपालका लागि करण केसीले दोस्रो विकेट लिए । उनले एन्टोनीयो स्टारलाई २१ रनमा आउट गरे ।
तेस्रो विकेटका लागि म्याक्स डोउड र अकेरम्यान विच ४७ रनको साझेदारी भएको थियो । तर त्यो साझेदारीलाई ललित राजवंशीले तोड्न सफल भए । उनले अकेरम्यानलाई २९ रनमा बोल्ड गरे । जसका कारण नेपालले ९७ रनमा तेस्रो विकेट लिन सफल भयो ।
त्यसको केहि बेरमा नेपालले चौथो विकेट लियो । नेपालका लागि सन्दिप लामिछानेले ब्यक्तिगत दोस्रो विकेट लिए । उनले ओपनर म्याक्सलाई ४३ रनमा आउट गरे । जसका कारण नेदरल्याण्ड्सले एक सय चार रनमा चौथो विकेट खेर फाल्यो ।
त्यसको लगत्तै नेपालले पाँचौ विकेट लियो । नेपालका लागि करण केसीले ब्यक्तिगत दोस्रो विकेट लिन सफल भए । कप्तान पिटर सेलार चार रनमा आउट भए ।
नेदरल्याण्ड विरुद्ध नेपाली बलर सन्दिपले उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उसको स्कोर एक सय १८ रन हुँदा सन्दिपले ब्यक्तिगत तेस्रो तथा टिमका लागि छैटौ विकेट लिए । उनले रे भान देर मेर्वीलाई मात्र सात रनमा पेभेलियन फर्काए । सेन स्टानेर खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि काल्सेनलाई करण केसीले चार रनमा रनआउट गरेपनि नेदरल्याण्ड्सले आठौ विकेट लिन सफल भयो ।
अन्ततः नेदरल्याण्ड्स सामान्य स्काेरमा अलआउट भयाे । बलिङमा नेपालका लागि सन्दिप लामिछानेले चार ओभरमा २० रन दिएर चार विकेट लिए । उनले एकै ओभरमा दुई विकेट लिदाँ नेदरल्याण्डको रनरेटमा ब्रेक लागेको थियो । यस्तै करण केसीले चार विकेट हात पारे । उनले तीन ओभर २ बलमा मात्र १७ रन खर्चिएर चार विकेट हात पारे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies