काठमाडौं : तेस्रो संस्करणको अण्डर फिप्टिन महिला साफ फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको खेल भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा दिउसो २ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।
नेपाल बलियो टिम भारतलाई हराउदै प्रतियोगिताको सुखद शुरुवात गर्ने लक्ष्यमा छ । अघिल्ला दुई संस्करणमा राम्रो खेल प्रदर्शन गर्न नसकेको नेपाल यो पटक खेल सुधार गर्ने प्रयत्नमा हुनेछ । नेपालले दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उपाधि बंगलादेश र दोस्रोको उपाधि भारतले जितेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies