२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

नेपाल लगानीका लागि सुरक्षित राष्ट्र हो : अध्यक्ष ढकाल

shivam cement
तिलु शर्मा पौडेल
२०८१ असोज १८ गते १९:३७
नेपाल लगानीका लागि सुरक्षित राष्ट्र हो : अध्यक्ष ढकाल

दोहा कतार : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल लगानीका लागी सुरक्षित राष्ट्र भएको बताएका छन् । कतारको राजधानी दोहामा नेपाल व्यवसायी संघ कतारले आयोजना गरेको नेपालमा लगानीको सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल लगानीका लागी सुरक्षित राष्ट्र रहेको बताएका हुन् ।

नेपालमा लगानीका लागि असंख्य क्षेत्र रहेको भन्दै उनले  प्रवासबाट नेपाललाई खत्तमै छ भन्ने दृष्टिकोणले हेर्ने गरेको भएपनि प्रवासमा रहेका व्यवसायीले आफ्नो बचतको पैसा बाहेक सिप समेत आफ्नो देशमा लगानी गरी नेपालको समृद्धिमा टेवा दिनुपर्ने आवश्यकता रहेको बताए । 

नेपालमा लगानी भित्र्याउने विषयमा नेपाल सरकार, नेपालमा रहेका उद्यमी तथा प्रतिपक्षमा रहेका राजनितिक दल समेत सकारात्मक रहेको आफूले पाएको बताए । ढकालले व्यवसायमा चुनौती सामान्य रहेको बताउँदै नेपालमा व्यवासायिक लगानीको प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । 

‘म गाउँबाट काठमाडौं आउने भाडा समेत जोहो गर्न हम्मे–हम्मे पर्ने सामान्य परिवारको व्यक्ति थिएँ र पनि नेपालको सम्भावनालाई अध्ययन गरी व्यावसायिक सफलता प्राप्त गर्दै गइरहेकै छु’, उनले भने, ‘यहाँहरु त आफैँमा सफल व्यवसायी हुनुहुन्छ भने किन चुनौतीका कुरालाई मात्र फोकस गर्नुहुन्छ ?’

संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका उपाध्यक्ष रमेश भट्टको तर्फबाट संस्थागत अवस्थाको बारेमा जानकारी भएको थियो । यस्तै, अर्का उपाध्यक्ष राज रेग्मीले कार्यक्रमबारे प्रकाश पारेका थिए भने महासचिव शंकरप्रसाद न्यौपानेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

कतारका लागि नेपाल सरकारको तर्फबाट पर्यटन प्रवद्र्धक आर.के शर्मा र संघका संरक्षक डा. देवकाजी डंगोल प्रमुख सल्लाहकार प्रवीण गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारले वैदेशिक लगानीका लागि सहजीकरण गरिदिनुपर्ने भनाइ राखेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise