२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

गुडविल फाउण्डेसनले दियो बाढी पीडितलाई राहत सामग्री

Nada
२०८१ असोज १८ गते २०:५९
Shares
गुडविल फाउण्डेसनले दियो बाढी पीडितलाई राहत सामग्री

काठमाडौं : चिनियाँ गैरसरकारी संस्था गुडविल फाउन्डेसनले बागमती नदीमा बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो । फाउन्डेसनले चाइना फाउण्डेसन फर रुरल डेभलपमेन्ट (सीआरडीएफ)को सहयोगमा राहत सामग्री वितरण गरेको हो । 

ncell

‘चुनौतीहरुको सामूहिक सामना गर्दै, सँगसँगै कष्टहरू पार गरौँ’ नामक राहत अभियानअन्तर्गत सीआरडीएफका कर्मचारीहरुले काठमाडौंको बाढिपीडितहरुलाई राहत प्याकेज वितरण गरेका छन् । राहत प्याकेजमा दैनिक प्रयोग हुने सामाग्रीहरु टुथपेस्ट, टुथब्रस, तौलिया र साबुन, पानी भण्डारणका लागि बाल्टिन र गाग्री, महिलाहरुका लागि सेनेटरी प्याड, आपतकालीन खाद्यसामग्री (चामल, पीठो, तेल, र कम्प्रेस्ड बिस्कुट), तथा तातोपन र लामखुट्टेबाट बच्नको लागि सिरक, डसना, सिरानी र झुल समावेश छन् । 

गुडविल फाउन्डेसन लामो समयदेखि नेपालमा जनहितका परियोजनाहरुमा संलग्न रहँदै आएको जनाएको छ । साथै फाउन्डेसनले विशेष गरी बेरोजगार युवाहरुलाई रोजगारी प्रवद्र्धन गर्न र उनीहरुको जीवनस्तर सुधार गर्न सीप प्रशिक्षणमा सहयोग पुर्‍याउँदै आएको दाबी गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर