एजेन्सी : बेल्जियम सन् २०२० को युरो कपमा छनोट हुने पहिलो देश बनेको छ । गएराति भएको खेलमा सान मारिनोलाई ९-० गोल अन्तरले पराजित गर्दै बेल्जियम युरो कपमा छनोट भएको हो ।
बेल्जियमका लागि रोमेलु लुकाकुले दुई, नसर चदली, युरी टाइलेमेन, क्रिस्टियन बेनटेक, यारी भर्सेर्केन र टिमोथी केस्टनटले एक–एक गोल गरे । दुई आत्मघाती गोल बेल्जियमले उपहार पायो ।
शीर्ष स्थानको बेल्जियमले ७ खेलबाट २१ अंक बटुलेको छ । क्रोएसियापनि हंगेरीलाई तीन शुन्य गोल अन्तरले हराउँदै छनोटको नजिक पुगेको छ । क्रोएसियाको जितमा लुका मोड्रिचले एक तथा पेटकोविकले दुई गोल गरे ।
समुह ईको शीर्ष स्थानको क्रोएसियाले ६ खेलबाट १३ अंक जोडेको छ । स्लोभाकियासँग एक–एक गोलको बराबरी खेल्दै वेल्सले छनोटको आशालाई जिवितै राखेको छ । नेदरल्याण्डसंग नर्दन आयरल्याण्ड तीन–एक गोल अन्तरले पराजित भएको छ । पराजयसंगै नर्दन आयरल्याण्डको सम्भावना जटिल बनेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies