काठमाडौं : होण्डा नेपालमार्फत् चारजना ग्राहकहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । दशैं, तिहार र छठपर्वको अवसरमा कम्पनीले घोषणा गरेको पुरस्कार योजना अन्तर्गत तिनीहरुले सो पुरस्कार प्राप्त गरेका हुन् ।
यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरुले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । चार भाग्यशाली ग्राहकहरुले जनही लाख रुपैयाँ जितेका छन् ।
विजेताहरुलाई स्क्र्याच कार्डमार्फत् छनोट गरिएको हो । पुरस्कार तित्नेहरुमा निश्चल घर्ती, डिलर तिरुमाला मोटर्स, प्रतिमा भण्डारी, डिलर युनाइटेड मोटर्स, सन्तोष सुवेदी र शान्ति साउद, डिलर केडी अटोमोबाइल्स रहेका छन् ।
ग्राहकहरुले ठूलो पुरस्कार जितेको देखेर र उनीहरुसङ्ग दशैंको खुशीयालीमा सहभागी हुन पाउँदा निकै उत्साहित रहेको कम्पनीले जनाएको छ । सो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।