२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

ADV
मध्यान्ह
२०८१ असार १ गते १७:३२
कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट (पूर्णपाठ)

विराटनगर : काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले शनिबार प्रदेश सभा बैठकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ बराबरको बजेट पेस गरेका हुन् ।

कोशी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट ३६ अर्ब ६४ करोड थियो । तर यसपटक झण्डै एक अर्ब रुपैयाँ बराबरको बजेट घटेको छ ।

कोशी सरकारले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख, पुँजीगततर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको छ ।

बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।

प्रदेश सरकारले बजेटमा सरकारी , निजी तथा सहकारी क्षेत्रको सहकार्यमा दिगो विकासको लक्ष्य हासिल गर्ने, स्रोतहरुको न्यायोचित वितरणमा जोड दिने र संघीयता कार्यान्वयनका लागि संघ र स्थानीय सरकारसग समन्वय गर्ने उल्लेख गरेको छ ।


ADVADV

सम्बन्धित खबर

Advertise