२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

क्रिकेटले लिएको उचाई

ADV
दिवाकर अधिकारी
२०८१ असोज २१ गते ०६:३५
क्रिकेटले लिएको उचाई

काठमाडौं : आगामी १५ मंसिरदेखि ६ पुससम्म चल्ने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि आइतबार अक्सन भएको छ । आठ टीमले अक्सनबाट ८० खेलाडी खरीद गरेका छन् । अर्थात् हरेक टीमले दश खेलाडी खरीद गरेका हुन् । 

खेलाडीहरुलाई तीन क्याटागोरीमा राखेर अक्सन गरिएको थियो । त्यसरी अक्सन गरिएका मध्ये ‘ए’ क्याटागोरीमा परेका गुल्शन झा, लोकेश बम, प्रतिश जिसी, अनिलकुमार साह, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा लगायत क्रिकेटर १५ लाखमा खरीद भए । 

अरु खेलाडीहरुले यो भन्दा मुनिको मूल्य पाए । कयौ खेलाडीले दश लाख भन्दा माथिको मूल्य पाए । राष्ट्रिय टीमका ८ खेलाडीलाई यसअघि मार्की प्लेयर तोकिएको थियो । 

रोहितकुमार पौडेल, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेखले मार्की प्लेयरका रुपमा २०/२० लाख पाउने निश्चित भएको थियो । आइतबार बाँकी राष्ट्रिय टीमका लगभग सबै खेलाडीले १५ लाख पाए । 

गुल्शन, अनिल, लोकेश लगायत केही क्रिकेटर लिन होड नै चलेको थियो । प्रचार पनि त्यसरी नै भयो । यसको अर्थ नेपालको क्रिकेट इतिहासमा पहिलोपटक यसरी सार्वजनिक बोलकबोल मार्फत् क्रिकेटरहरु अनुबन्धित भएका छन् । त्यसो त केही समय अघिसम्म नियमित तलब पाउन समेत मुस्किल रहेका क्रिकेटरहरु अहिले गजब कमाइ गरिरहेका छन् भने राष्ट्रिय चर्चा उस्तै पाइरहेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise