२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ)

ADV
मध्यान्ह
२०८१ असार १ गते १७:३८
कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ)

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेश सभाको दशौं बैठकमा ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको बजेट पेस गरेका हुन् ।

जसमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत रहेको छ । पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ ।

यस्तै वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।


ADVADV

सम्बन्धित खबर

Advertise