२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

नुतन भुसालको 'आउ है बसौं' सार्वजनिक

ADV
मध्यान्ह
२०८१ असोज २१ गते ११:५७
नुतन भुसालको 'आउ है बसौं' सार्वजनिक

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गीतकारको रुपमा बेग्लै परिचय बनाउन सफल गीतकार नुतन भुसालको नयाँ गीत 'आउ है बसौं' सार्वजनिक भएको छ ।

युवा गायक स्माइल दासको स्वर र सुनिल मास्केको संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन युवराज वाइबाले गरेका छन् ।

गायक स्माइलले नै भिडियोमा अभिनय गरेका छन् । विशाल परियारको छायाँकन, विकाश दाहालको सम्पादन रहेको गीत नुतन म्युजिक युट्युब च्यानलमार्फत बजारमा आएको छ । 'आउ है बसौं' गीतलाई दर्शक स्रोताहरुले मन पराइदिनेमा गीतकार भुसास आशावादी रहेकी छन् ।


ADVADV

सम्बन्धित खबर

Advertise