२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

ADV
मध्यान्ह
२०८१ असोज २१ गते १५:४८
लेबनानबाट नौ सयभन्दा बढी अष्ट्रेलियाली नागरिकको उद्धार

काठमाडौंः लेबनानमा इजरायलले आफ्नो आक्रमणलाई तीब्र पारेपछि अष्ट्रेलियाले सोमबारसम्ममा ९०० भन्दा बढी आफ्ना नागरिकलाई लेबनानबाट उद्धार गरेको छ । अस्ट्रेलियाको सरकारी तथ्याङ्क अनुसार अष्ट्रेलिया सरकारको समन्वय तथा सहायता प्राप्त प्रस्थान उडानहरू मार्फत ९०४ भन्दा बढी अस्ट्रेलियालीहरूले सोमबारसम्म लेबनान छोडेका छन् । यसरी उद्धार भएकामध्ये अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाबाट लेबनानमा गई बसोबास गर्दै आएका बासिन्दा तथा उनीहरूका परिवारका सदस्यहरू रहेको जनाइएको  छ ।

अस्ट्रेलिया सरकारले शनिबार अस्ट्रेलियालीहरूका लागि बेरुतबाट साइप्रसका लागि अष्ट्रेलियाली ध्वजाबाहक क्वान्टास र कतार एयरवेजका दुईवटा चार्टर उडानहरू सञ्चालन गरेको थियो । क्वान्टास र कतार एयरवेजले साइप्रसबाट सिड्नीका लागि गरिएका उडानमार्फत् उनीहरूलाई अष्ट्रेलिया पुर्‍याएका थिए । 

क्वान्टासको पहिलो उडान आइतबार राति ३४९ अष्ट्रेलियाली लिएर स्वदेशतर्फ उडेको थियो । अस्ट्रेलियाको प्रशासनका अनुसार अझै तीन हजार ७५० भन्दा बढी अष्ट्रेलियालीहरू लेबनान छोड्न विदेश मामिला विभागमा दर्ता भएका छन् ।

सरकारले बेरुत विमानस्थल बन्द हुनसक्ने चेतावनी दिँदै लेबनानमा रहेका अस्ट्रेलियालीहरूलाई देश छोड्न महिनौँदेखि बारम्बार आग्रह गर्दै आएको छ ।तथ्याङ्कअनुसार बुधवारसम्म लेबनानमा अनुमानित १५ हजार  अस्ट्रेलियालीहरू रहेका थिए ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise