२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

असारमा नेपाल बिजनेस समिट आयोजना हुने

Nada
२०८१ जेठ १७ गते १०:१२
Shares
असारमा नेपाल बिजनेस समिट आयोजना हुने

काठमाडौं : बैंक तथावित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपालबिजनेश इन्स्टिच्युट (एनबिआई)बीच दोस्रो संस्करणको नेपाल व्यवसाय शिखर सम्मेलन, २०८१ आयोजना गर्ने समझदारी भएको छ । शिखर सम्मेलन आगामी असारमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेतको सहकार्यमा सिबिफिन र एनबिआईले संयुक्त रुपमा काठमाडौंमा आयोजना गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

ncell

सम्मेलन आयोजनासम्बन्धी समझदारीपत्रमा बुधबार सिबिफिनका उपाध्यक्ष कुश प्रसाद मल्ली र एनबिआईको तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरे । 

निजी क्षेत्र र बैंक तथावित्तीय क्षेत्रले भोगिरहेका वर्तमान समस्या, चुनौती र समाधानका उपायहरुबारे राष्ट्रियस्तरको सम्वाद गरी सुधारका लागि सम्बन्धित निकायहरु समक्ष सुझाव प्रतिवेदन पेश गर्ने तथा कार्यान्वयनका लागि पहल गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनले वित्तीय साक्षरता र पहुँच अभिवृद्धि गर्दै साना, मझौला, स्टार्टअप, महिला तथा युवा उद्यमप्रोत्साहित हुने गरी नीति, कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न, गराउन तीनै तहका सरकारलाई सुझावदिने र कार्यान्वयन प्रक्रियामा सहजीकरण समेत गर्नेछ ।

सिबिफिनका उपाध्यक्षकुश प्रसाद मल्लीले तीनतहकै सरकारसँग हातेमालो गर्दै उत्पादन तथा उत्पादकत्व, रोजगारी र लगानी विस्तार, वित्तीय पँहुच अभिवृद्धि गर्न तथा उद्योग एवं उद्यमशीलता प्रवद्र्धन गर्न सम्मेलन आयोजना गर्न लागिएको बताए । 

सम्मेलनमा प्रधानमन्त्री, संघीय सरकारका मन्त्री, सातवटै प्रदेशका मुख्यमन्त्री, स्थानीय सरकारका प्रमुखहरु, विशिष्ट सरकारी कर्मचारी, स्वदेशी तथा विदेशी विषय विज्ञ, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रमा अग्रणी संस्थाका प्रतिनिधि, उद्यमीहरुसहित करिब ४०० जनाको सहभागीता रहने सिबिफिनका निमित्त महानिर्देशक रोशन कोइरालाले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर