सुनसरीः हरिनगर गाउँपालिका–७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागुऔषध नाइट्रोजन १ सय ट्याब्लेटसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।