२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

भारतीय उद्योगपति रतन टाटाको निधन

ADV
मध्यान्ह
२०८१ असोज २४ गते ०७:५७
भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं : टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतीय उद्योगका ‘टाइटन’ रहेको बताए ।

उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “रतन टाटाको निधनले दुःखी छु। उहाँ भारतीय उद्योगका ‘टाइटन’ हुनुहुन्थ्यो। हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उहाँको महत्वपूर्ण योगदान थियो ।”

रक्षामन्त्री सिंहले लेखेका छन्, “उहाँको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना छ । उहाँको आत्माले शान्ति पाओस्।”

ADVADV

सम्बन्धित खबर

Advertise