२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

बङ्गलादेशमा डेंगु सङक्रमण उच्च

ADV
मध्यान्ह
२०८१ असोज २७ गते १३:२५
बङ्गलादेशमा डेंगु सङक्रमण उच्च

काठमाडौंः बङ्गलादेशमा डेंगु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो । जनवरीदेखि हाल सम्म डेंगु सङ्क्रमयाबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ  ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जनाएको छ ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेंगु को ९१५ वटा नयाँ सङ्कक्रमण पुष्टि भएको  छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ ।

यस वर्ष अहिलेसम्म ४१ हजार ८१०  डेंगु का घटना दर्ता गरेको डिजिएचएसले जनाएको छ भने  थप फैलावट रोक्न, बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टे नियन्त्रण अपरेसनहरू सञ्चालन गर्ने जनाएका छन् । 

बङ्लादेशमा सन् २०२३ मा डेंगु सक्रमणबाट एक हजार ७०५ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मको सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

डेङ्गयु ज्वरो संक्रमित एडिसजातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । डेंगु लागेक बिरामीहरुमा टाउको दुख्ने, उच्च ज्वरो आउने,  मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने जस्ता लक्षणहरू देखा पर्छन । (एजेन्सी)  

ADVADV

सम्बन्धित खबर

Advertise