२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

shivam cement
२०८१ असोज २९ गते १४:०७
Shares
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

झापाः आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा अर्जुनधारा नगरपालिका–३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिर बहादुरले अर्जुनधारा नगरपालिका–३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर