२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

अवैध लागुऔषधसहित चार जना पक्राउ

ADV
मध्यान्ह
२०८१ असोज ३० गते १३:३१
अवैध लागुऔषधसहित चार जना पक्राउ

काठमाडौंः अवैध लागुऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय छोटे रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस्तै, सुनसरीको रामधुनी नगरपालिका–३ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय संजय कुमार चौधरी, ३० वर्षीय शैलेष राई र २५ वर्षीय नारायण खड्का रहेका छन् । इलाका प्रहरी कार्यालय रामधुनी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

ADVADV

सम्बन्धित खबर

Advertise