२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सार्वजनिक ऋण जिडिपीको ४२ प्रतिशत पुग्यो

ADV
मनीषा अवस्थी
२०८१ असार २ गते १२:३०
सार्वजनिक ऋण जिडिपीको ४२ प्रतिशत पुग्यो

काठमाडौं- नेपालले आन्तरिक र बाह्य रूपमा लिएको ऋण दायित्व कूल ग्राहस्थ्य उत्पादनको ४२ प्रतिशत नाघेको छ । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मको तथ्यांअनुसार सरकारको कूल ऋण दायित्व २३ खर्ब ९७ अर्ब पुगेको छ । यो रकम कूल ग्राहस्थ्य उत्पादनको तुलनामा ४२ दशमलव २ प्रतिशत हुन आएको छ ।  


कूल ऋणमध्ये ११ खर्ब ८४ अर्ब ४८ करोड रूपैयाँ आन्तरिक हो भने १२ खर्ब १२ अर्ब ९५ करोड रूपैयाँ बाह्य ऋण हो ।
यसमध्ये यो वर्ष मात्रै २ खर्ब ६४ अर्ब ६३ करोड रूपैयाँ थपिएको छ । यो आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ५२ अर्ब ऋण लिने लक्ष्य राखेको थियो ।  त्थ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा सावाँ बापत १ खर्ब ६६ अर्ब ५५ करोड र ब्याजबापत ६६ अर्ब ७२ करोड खर्चभएको छ ।   यो रकम चालू आर्थिक वर्षमा लिएको ऋणको करिब नजिक नै छ । अर्थात् जति ऋण लिए पनि वर्षमा सावा र ब्याज बापत तिर्ने रकम पनि लगभग उति नै हुने गरेको छ ।

   
गत आर्थिक वर्षको अन्त्यसम्ममा सार्वजनिक ऋणको आकार २२ खर्ब ९९ अर्ब थियो । आगामी आर्थिक वर्षको वार्षिक बजेटअनुसार ४ खर्ब ८ खर्ब ८७ करोड रूपैयाँ ऋण थप हुनेछ । 

वर्षेनी बढ्दो ऋण 
तथ्यांकअनुसार पछिल्लो एकश दशकमा करिब १९ खर्बभन्दा ऋण दायित्व थप भएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा  ५ खर्ब ४४ अर्ब २१ करोड मात्रै नेपालको सार्वजनिक ऋण दायित्व थियो । ठिक एक दशक २०८०÷०८१ सम्म आइपुग्दा २३ खर्ब पुगिसकेको छ । तथ्यांक हेर्दा एक दशकमा हरेक वर्ष लिएर तिर्न नसक्दा सार्वजनिक ऋणको आकार निकै ठूलो बनेको हो ।

जसका कारण ब्याजमै ठूलो रकम खर्च गर्नुपरेको छ । तथ्यांकअनुसार एक दशकअघि आर्थिक वर्ष २०७१÷०७२ को मात्रै तथ्यांक हेर्दा नेपालले भुक्तानी गरेको कूल रकमको १२ प्रतिशत मात्रै व्याज थियो । अर्थात् सो आर्थिक वर्षमा भुक्तानी गरेको ७३ अर्ब ७६ करोडमध्ये ९ अर्ब २९ करोड मात्रै ब्याज थियो । 

आर्थिक वर्ष २०७९/८० मा सरकारले आन्तरिक र बाह्य गरी ३ खर्ब ७७ अर्ब १४ करोड रूपैयाँ कूल ऋण लिँदा १ खर्ब ४९ अर्ब ७१ करोड रूपैयाँ सावाँ फिर्ता गरेको छ भने ७२ अर्ब ७८ करोड ब्याज भुक्तानी भएको छ । यो रकम कूल भुक्तानीको ३२ प्रतिशत हुन आउँछ ।  आर्थिक वर्ष २०७८/०७९को तथ्यांअनुसार ४५ अर्ब १२ करोड ब्याज भुक्तानी भएको छ भने ७६ अर्ब ७४ करोड रूपैयाँ साँवा तिरिएको छ । 


यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा सरकारको ऋण भुक्तानीको तथ्यांक हेर्दा कूल ९५ अर्ब १ करोड मध्ये ३४ अर्ब ६३ करोड रुपैयाँ व्याज मात्रै तिरेको छ । सो आर्थिक वर्षमा कूल भुक्तानीको ३६.४४ प्रतिशत रकम व्याज मात्रै हुन आउँछ । 
 

ADVADV

सम्बन्धित खबर

Advertise