२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

गाजामा एक हप्तामा ४ सय प्यालेस्टिनी मारिए, सयौँ घाइते 

ADV
मध्यान्ह
२०८१ कार्तिक १ गते १३:५६
गाजामा एक हप्तामा ४ सय प्यालेस्टिनी मारिए, सयौँ घाइते 

संयुक्त राष्ट्रसंघ :गाजामा एक हप्तामा करिब ४ सय प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५ सय घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसंघका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन् ।  

गाजाको मानवीय अवस्थाबारे राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका हुन् ।  

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको  सामना गरिरहेको उनले उल्लेख गरे ।  

यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमणले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताएका छन्  ।  

उनले अक्टोबरको शुरुदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाएका छन् ।  गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उनले बताए ।  

पटक पटकका मिसन अवरुद्ध हुँदा, अभावबीच बाँचिरहेका गाजाबासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उनले बताए ।  

बैठकका लागि अनुरोध गर्ने अल्जेरियाका प्रतिनिधिले गाजाको विनाशकारी मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।  

मंगलबार गाजामा सहायताका ट्रकहरू आएको भए पनि घेराबन्दीका कारण जबालिया पुग्न असफल भएको उल्लेख गर्दै उनले  मानवीय सहायताका सामाग्रीको अभाब सिर्जना गर्ने सैन्य घेराबन्दी अस्वीकार्य मात्र नभई युद्ध अपराध भएको बताएका छन् ।  

राष्ट्रसंघमा प्यालेस्टाइनका लागि स्थायी पर्यवेक्षक रियाद मन्सुरले गाजामा भइरहेको आक्रमणको विकल्प मौनता र निस्क्रियता नभएको उल्लेख गरेका छन् ।  

प्यालेस्टिनी र लेबनानी जनताले इजरायलको दण्डहीनताको मूल्य चुकाउन बाध्य भएको उल्लेख गर्दै गाजामा घेराबन्दी, भोकमरी र बम विस्फोटमा परेका चार लाख  प्यालेस्टिनीलाई अधीनमा राखिनु युद्ध नभई अपराध भएकाले यसलाई रोक्नुपर्ने उनले बताए । 

यसै सन्दर्भमा टिप्पणी गर्दै इजरायलका प्रतिनिधिले आफ्नो देश विरुद्धको आक्रमणको विस्तृत विवरण दिदै १०१ जना मानिसलाई हमासले यातना दिएको र  सुरक्षा परिषद्का सदस्यहरूले बन्धकको बारेमा थोरै मात्र उल्लेख गरेको बताएका छन्  ।

ADVADV

सम्बन्धित खबर

Advertise