२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

ADV
मध्यान्ह
२०८१ कार्तिक २ गते १२:५१
भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं : भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ ।

भी सिरिजकोे पछिल्लो संस्करण भिभो भी-४० लाईट उच्चस्तरीय डिजाइन, फ्लास चार्जिङ प्रविधि र अत्याधुनिक एआई–प्रवर्धित फोटोग्राफीेलाई संयोजन गर्दै सार्वजनिक गरेको छ ।

यो फोन टाइटेनियम सिल्भर र एमरल्ड ग्रीनमा उपलब्ध छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको कम्पनीले जनाएको छ । फोनमा मेटालिक हाई–ग्लस फ्रेम पनि छ । जसले फोनलाई प्रिमियम लुक दिँदै यसको स्लिम डिजाइनलाई कायम राख्छ । स्मार्टफोनलाई आई पि ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ ।

भिभो भी–४० लाईटमा ५००० एम ए एच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । जसले फोनलाई छिटो चार्ज गर्न सकिन्छ । भिभो भी–४० लाईटले ४ वर्षको ब्याट्री सुनिश्चित गरेको छ । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको छ ।

आजेदेखि नेपाली बजारमा आएको फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन दराज अनलाईन मार्फत खरिद गर्न सकिन्छ । यसमा ८ + ८ जि बी को ¥याम र २५६ जीबी स्टोरेज क्षमता रहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise