२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

खेती गर्ने किसान, मूल्य ताेक्ने व्यापारी

ADV
सपना बोहरा
२०८१ कार्तिक २ गते १९:५४
खेती गर्ने किसान, मूल्य ताेक्ने व्यापारी

दाङः दाङकी प्रमिला चौधरीको मुख्य आम्दानीको श्रोत कृषि हो । उनले मौसमी, बेमौसमी तरकारी उत्पादन गर्छिन् । उनले उत्पादन गरेका तरकारी आफै मूल्य तोक्न पाउँदिनन् । किनभने चौधरीले तोकेको मूल्यमा व्यापारीले खरिद गरिदिन्नन् । वाध्यताले पनि उनी व्यापारीले तोकेकै मूल्यमा तरकारी वेच्न वाध्य हुन्छिन् । ‘हामीले गरेको तरकारीको मूल्य हामीले पाउँदैनौं, व्यापारी आफै मूल्य तोकेर धेरै नै महंगो पैसामा वेच्छन्’, चौधरीले भनिन् । 

त्यस्तै, घोराही उपमहानगरपालिका वडा नम्बर १८ कि मिना पुनले बारीमा लटरम्म टमाटर, सिमि फलाएकी छिन् । उनी वेच्नको लागि बजार आउँदा व्यापारी नै मूल्य तोक्छन् । मिनाबाट व्यापारीले प्रतिकिलो पचास रुपैयाँ टमाटर लगेर एक सय २० रुपैयाँमा बेच्ने गरेको उनले बताइन् । ‘मैले टमाटरको मूल्य तोके भने व्यापारीले बार्गेनिङ गरेर अर्को कृषकबाट सस्तोमा लैजान्छ’, उनले भनिन्, ‘त्यही भएर मैले पनि व्यापारीको मूल्यमा तरकारी बेच्ने गरेको छु ।’

किसानहरुको सहजताको लागि त्यहाँका स्थानीय तहहरुले बजार व्यवस्थापनमा केही सहिजकरण गरिदिएको तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले जनाकारी दिए । तर स्थानीय तहलाई नै व्यापारीले झुक्याउने गरेको मेयर खड्काले बताए । बिहानको समयमा ८ बजेसम्म र बेलुका ४ बजेपछि मात्रै फुटपाथमा किसानहरुले कृषि जन्य वस्तु बिक्री गर्न पाउने नियम लागू भएपनि किसानहरुको तरकारी व्यापारी आफैले बेच्न पाउनुपर्छ भनेपछि केही दिनअघि चर्काचर्कि समेत भएको मेयर खड्काकाे भनाइ छ ।

घोराहीमा किसानहरुको लागि कृषि उपज बिक्री केन्द्रकाे व्यवस्थापन गरिएपनि त्यहाँ व्यपारीहरुको नै प्रभुत्व रहेको कृषि उपज बिक्री केन्द्र व्यवस्थापन समितिका अध्यक्ष केशव ढकालले बताए  । उनले भने, ‘किसानहरुका लागि भनेर कृषि उपज बिक्री केन्द्र छुट्याइएको हो । व्यापारीलाई हामी बिक्री गर्न दिदैनौं । उपभोक्ता र किसानको सहजतालाई ध्यानमा राखेर समय समयमा अनुगमन गरेर व्यपारीलाई हटाउँछौं ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise