२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

‘खेल्छ नेपाल घर–घरमा’ योजना सार्वजनिक

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
‘खेल्छ नेपाल घर–घरमा’ योजना सार्वजनिक

काठमाडौं : एलजीले खेल्छ नेपाल घर घरमा योजना सार्वजनिक गरेको छ । जेठ २० गते बाट शुरु हुँदै गरेको टी२० क्रीकेट वर्ल्ड कपको अवसरमा यो योजना सार्वजनिक गरेको हो । नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्डकप म्याचहरु घरमै बसी–बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तरर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ ।

सो योजना अन्तर्गत ग्राहकहरुले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ । 

योजनाअनुसार कुनैपनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र एक लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएनफोर उपहार सित्तैमा पाइनेछ ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टि.भी, यूक्यु र यूआर सिरिज अन्तर्गतका युएचडी टिभीहरुमा तीन वर्षको पूर्ण वारेन्टी रहेको छ । साथै कुनैपनि एलजी टिभीको खरिदमा एक लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise