२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

मलेसिया सरकारद्वारा कामदारको न्यूनतम तलबमा वृद्धि

ADV
तिलोचन गौतम
२०८१ कार्तिक ३ गते ०९:०९
मलेसिया सरकारद्वारा कामदारको न्यूनतम तलबमा वृद्धि

क्वालालम्पुरः मलेसिया सरकारले कामदारको न्यूनतम तलब वृद्धि गरेको छ । अर्थमन्त्री दातुक श्री अनवर बिन इब्राहिमले शुक्रबार २०२५ को बजेट भाषणमामार्फत कामदारको न्यूनतम तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेका हुन् ।

यस्तै बजेट भाषणमा बोल्दै प्रधानमन्त्री दातुक सेरी अनवार इब्राहिमले बढेको तलव पाँचभन्दा बढि कामदार भएका कम्पनीमा काम गर्ने कामदारको हकमा आगामी फेब्रुअरी १ तारिकदेखि नै लागू हुने र पाँच जनाभन्दा कम कामदार भएका कम्पनीहरुमा वृद्धि गरिएको तलब आगामी वर्ष २०२५ अगस्ट १ देखि लागू हुने बताए ।

मलेसियामा १९ मार्च २०२२ यता न्यूनतम तलब १५०० रिङ्गेट थियो । तर, उद्योग र उत्पादन प्राविधिकको शुरुवाती तलब भने करिब २३०० रिङ्गेट छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise