२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

मलेसियामा कामदारको अभावले होटल र पर्यटन क्षेत्रमा समस्या

ADV
तिलोचन गौतम
२०८१ कार्तिक ५ गते १२:१६
मलेसियामा कामदारको अभावले होटल र पर्यटन क्षेत्रमा समस्या

क्वालालम्पुर : मलेसियामा अन्य क्षेत्रमा जस्तै विदेशी कामदारको अभावले कोरोनापछि फष्टाउन थालेको होटेल तथा पर्यटन क्षेत्रमा समस्या उत्पन्न भएको गुनासो बढेको छ ।

होटल सञ्चालकहरूले २३ घण्टाका लागि यात्रुलाई आरामका लागि कोठा दिनुपर्ने प्रचलन रहेपनि कामदारको अभावले कोठाहरूको चेक–इन र चेक–आउट समय घटाउनु परेको बताएका छन् ।

प्रायः पाहुनालाई दिउँसो २ बजे चेक–इन र अर्को दिन १ बजे चेक–आउट गर्न अनुमति दिइन्छ । तर मलेसियामा केही समययता २० वा २१ घण्टाअघि नै पाहुनालाई चेक आउट हुन भन्ने गरिएको छ ।

होटलहरूले जनशक्तिको अभाव भएकाले कोठा तयार गर्ने काममा सुस्त भएको स्वीकार गर्दै होटल उद्योगमा तत्कालै विदेशी कामदारहरू भित्र्याउन मानव संशाधन र गृह मन्त्रालयले ध्यान दिनुपर्ने बताएका छन् ।

मलेसियन एशोसिएसन अफ होटेल्स (एमएएच)का उपाध्यक्ष खुबू लिमले होटलहरूले पाहुनाहरू गएपछि कोठा सफा गर्न कम्तीमा ३० मिनेट लाग्ने भन्दै जनशक्ति कम भएपछि चाहेर पनि समस्या समाधान गर्न नसकिएको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise