२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बालिका तथा युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा पक्राउ

shivam cement
२०८१ कार्तिक ५ गते १२:५७
Shares
बालिका तथा युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा पक्राउ

काठमाडौंः बालिका तथा युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका–३ घर भइ काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षीया सीता गोतामेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो । साथै प्रहरीले ४ जना बालिका तथा युवतीको उद्दार समेत गरेको छ । 

प्रारम्भिक अनुसन्धानको क्रममा सीताले आफ्नै घरमा बालिका तथा युवतीहरू राखी यौनधन्दा चलाउने गरेको, बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई आर्थिक प्रलोभनमा पारी ललाई फकाई यौनधन्दामा लगाएको खुल्न आएको छ ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर