२०८१ कार्तिक ६ गते मङ्गलवार / Oct 22 , 2024 , Tuesday
२०८१ कार्तिक ६ गते मङ्गलवार

बुंगल नगरपालिकामा हुने तेस्रो मेयर कप क्रिकेट प्रतियोगिताकाे कप सार्वजनिक

ADV
सत्यराज सिंह
२०८१ कार्तिक ५ गते १९:३५
बुंगल नगरपालिकामा हुने तेस्रो मेयर कप क्रिकेट प्रतियोगिताकाे कप सार्वजनिक

बझाङ : बझाङको बुंगल नगरपालिकामा आयोजना हुने वडा स्तरीय तेस्रो मेयर कप २०८१ क्रिकेट प्रतियोगिताको कप सार्वजनिक गरिएको छ । आयोजक बुंगल नगरपालिका खेलकुद समितिले सोमबार विजेताले प्राप्त गर्ने कप सार्वजनिक गरेको हो ।

नेपालीहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको  अवसरमा  आगामी कार्तिक ७ गते बुंगल नगरपालिका १ दहबगर खेलकुद मैदानमा  हुने मेयर कपको बुंगल नगरपालिकाका कार्यवाहाक नगरप्रमुख तथा वडा नम्बर ४ का वडा अध्यक्ष गणेश कार्कीले कप सार्वजनिक गरे । प्रतियोगितमा बुंगल नगरपालिकाभित्रका खेलाडीहरुलाई मात्रै समावेस गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १ वडाबाट दुई टिम गरी ११ वडाबाट २० टिम भन्दा बढी सहभागी हुने अनुमान आयोजकले गरेकाे छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई ट्रफी मेडल र प्रमाणपत्रसहित ८१ हजार १ सय ८१ रुपयाँ पुरस्कार प्रदान गरिने र द्वितीय हुने समूहले ५१ हजार १ सय ५१ रुपयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने बुंगल नगरपालिका खेलकुद समितिका अध्यक्ष शेरबहादुर कुँवरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

उनले यसअघि सूचनामा प्रथम पुरस्कारमा २५ प्रतिशत कर कट्टी गरिने भनिएको भएपनि अब नेपाल सरकारको गत साउन १ गतेबाट लागू गरिएको आर्थिक ऐन २०८१ अनुसार नै कर नकाटेरै तोकिएको पुरस्कार रकम उपलब्ध गराइने बताए । सरकारले जारी गरेको आर्थिक ऐन २०८१ को दफा ८८ को उपदफा २ को (क) मा पुरस्कार रकम पाँच लाखभन्दा बढी भएमा रकममा आकस्मिक लाभ कर लाग्ने भनिएको छ । सो ऐन अनुसार ५ लाख भन्दा कम रकमको पुरस्कार भएमा कर नकाटिने उल्लेख गरिएको छ । जसअनुसार क्रिकेट प्रतियोगितामा प्रथम हुने समूहलाई कर नकाटी नगद ८१ हजार १ सय ८१ रुपयाँ पुरस्कार पुरै प्रदान गरिने आयोजकले जनाएको छ । साथै प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको र प्रतियोगिताको उद्घाटन पूर्वखेलकुद तथा राज्यमन्त्री नरेश बहादुर सिंहले गर्ने आयोजकले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise